जनकपुरधाम । धनुषा विदेह नगरपालिकाकी सोनी कुमारी राय उक्त पालिकाका एकदिने प्रमुख प्रशासकीय अधिकृत बनेकी छन् । दशौं अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा बिहीबार एक दिन विहेह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा स्थानीय रायलाई हस्तान्तर गरिएको हो । प्लान इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए) द्वारा संचालित लिड एण्ड डिसाइड परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा रायलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो ।

विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार साहले एक दिनको लागि आफ्नो पद रायलाई हस्तान्तरण गरेका थिए । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर एक दिनको लागि पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हस्तान्तरण गरिएको हो । पद हस्तान्तरण कार्यक्रममा स्थानीय तहमा बालिकाहरुका लागि के कस्ता प्रयासहरु भइरहेको छ ? बालिकाको क्षेत्रमा कसरी काम गर्न आवश्यक छ भनेर छलफल भएको सीएफडब्लुएका कार्यक्रम संयोजक यमलाल शशांकरले बताए । समाजमा अझै पनि छोरा छोरीबीच विभेद कायमै रहेकोले यसको विरुद्ध पालिकाहरुले अगुवाई गर्नुपर्नेमा जोड दिएको उनले बताए । छोरा छोरी बीचको विभेद हटाउन स्थानीय तहले पनि कार्यक्रम ल्याउन लागेको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले बताए । पद हस्तान्तरण कार्यक्रममा बालिकाहरुले प्रमुख प्रशासकीय अधिकृत साहलाई ज्ञापन पत्र बुझाएका थिए । बालिकाको अधिकारको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा कार्यक्रमहरु ल्याउने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत साहले जनाएका थिए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग