जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. बिनोद यादव शुक्रबारदेखि काममा फर्किने भएका छन् । उनीसहित तीन जना विरुद्ध उच्च अदालतमा मुद्दा परेको थियो । मुद्दामाथि बिहीबार सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय गुणराज ढुंगेल रामेश्वर रेग्मीको संयुक्त इजलाशले काम नगर्न सम्बन्धी अन्तरिम आदेश नदिने आदेश गरेका हुन् । देवानन्द झाले रजिष्टार डा. यादवसहित तीन जना विरुद्ध गएको असोज ५ गते उत्पे्रशन मिश्रित परमादेशको लागि मुद्दा दर्ता गराएका थिए । रजिष्टार डा. यादव विरुद्ध मुद्दा परेपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेका जनकपुर अस्पतालमा विगतमा भएको कर्मचारी भर्ना सम्बन्धी प्रक्रिया समेत प्रभावित बनेको थियो । उनी काममा फर्केपछि भर्ना प्रक्रिया समेत अघि बढने भएको छ ।

सम्बन्धित खवर