जनकपुरधाम । धनुषा–४ को तारापट्टी सिरसियामा नेपाली कांग्रेसको चुनावी प्रचार कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच पाँच दलीय गठबन्धनका उम्मेदवार महेन्द्र यादव र प्रदेशसभा (ख) का उम्मेदवार शेषनारायण यादवले संयुक्त रुपमा चुनावी प्रचार कार्यालय उद्घाटन गरेका छन् । उद्घाटन गरिएसँगै तारापट्टी चोकमा पाँच दलीय गठबन्धनको चुनावी प्रचार कार्यालय संचालनमा आएको हो । प्रचार कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय कार्यकर्ताहरु अन्य पार्टी परित्या गरेर कांगे्रस प्रवेश गरेका छन् । नवप्रवेशीलाई कांग्रेसका उम्मेदवारद्वय महेन्द्र र शेषनारायणले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र यादव, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुमरकान्त झा, नेकपा एकीकृत समाजवादी पार्टीका नेता, माओवादी पार्टीका नेता लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका महेन्द्र र प्रदेशसभामा शेषनारायणलाई गठबन्धनको साथ छ । धनुषा–४ मा यसपाली त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । पाँच दलीय गठबन्धन विरुद्ध नेकपा एमाले र जसपाले उम्मेदवारी दिएको छ । दुवै दलले एकल रुपमा उम्मेदवारी दिदा कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको समर्थन प्राप्त छ । गठबन्धनबाट उम्मेदवारी दिएका उनीहरुले चुनावी अभियानलाई अगाडि बढाउँदै कार्यकर्ता भेटघाट र मतदाताको घरदैलोमा समेत पुगेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech