फिल्म ‘चि मुसी चि’ आगामी पुसमा रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बाहिर ल्याएको हो । हरर थ्रिलर कथामा निर्माण भएको प्रस्ततुकतर्ता अरुण चक्रवर्ती हुन् । एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ । मार्ना जेम्स र यश सैनीले संयुक्त निर्देशन रहेको फिल्म नेपाली, बलिउड र हलिउडमा प्राविधिकको समिश्रणबाट तयार गरिएको हो । फिल्मको निर्माता रिञ्जु केसी पनि हुन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech