जनकपुरधाम । धनुषा–४ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादवले शनिबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले शनिबार जनकपुरधाम उपमहानगरपालिका–१९ शिवपुर गाउँमा घरदैलो गरेका हुन् । उम्मेदवार यादवले शिवपुरका स्थानीय अगुवा, भद्रभलादमी, युवा, महिलाहरुसित भेटघाट गरेका छन् । धनुषा–४(ख) मा रहेको लक्ष्मीनियाँ गाउँपालिका र मिथिला बिहारी नगरपालिकाको प्रमुख कांग्रेसले जितेको छ । धनुषा–४ मा पाँच दलीय गठबन्धन विगतको तुलनामा बलियो देखिएको स्थानीयहरु बताउँछन् । कांगे्रसबाट उम्मेदवारी दिएका शेषनारायण यादवले उम्मेदवारी दर्तासँगै प्रचार प्रसारलाई निरन्तरता दिएका छन् । यसअघि शुक्रबार मिथिला बिहारी नगरपालिकाको तारापट्टीमा प्रचार प्रसार कार्यालय स्थापना गरेका थिए भने सिरसिया, बनिनिया, गजरिया लगायतको गाउँका कांगे्रसी कार्यकर्तासित भेटघाट गरेका थिए । शनिबार शिवपुरमा कांग्रेसी कार्यकर्तालाई समेत भेटघाट गरेका थिए । सो अवसरमा नेपाली कांग्रेसका नेताहरु धिरेन्द्र मोहन झा, सुरेश कोइराला, अकबर मंसुर लगायतको उपस्थिति थियो ।

सम्बन्धित खवर