जनकपुरधाम । आठौं संस्करणको टी–२० क्रिकेट विश्वकप आइतबार(आज) देखि अष्ट्रेलियामा सुरु हुँदै छ । विश्वकपको पहिलो खेलमा श्रीलंकाले नामिबियाको सामना गर्दै छ । एशिया कप विजेता श्रीलंकाले विश्वकपको दोश्रो चरणमा प्रवेश गर्न क्लाविफाइ गर्नुपर्ने भएको छ । श्रीलंका, नामिबियासहित युएई र निदरलैण्डलाई समूह ए मा राखिएको छ । समूह बी मा जिम्बाबे, वेष्टइण्डिज, आयरलैण्ड र स्कटलैण्ड रहेको छ । दुवै समूहबाट शीर्षस्थ दुई÷दुई टोली दोश्रो चरणमा प्रवेश गर्ने छ । दोश्रो चरणको खेल कात्तिक ५ गतेदेखि शुरु हुने छ । दोश्रो चरणको पहिलो खेलमा घरेलु टोली अष्टे«लियाले न्युजिलैण्डको सामना गर्ने छ । कात्तिक ६ गते भारतले आप्mनो विश्वकप अभियानको सुरुवात चिरप्रतिद्धन्दी पाकिस्तान विरुद्धको खेलबाट गर्ने भएको छ । अष्ट्रेलियामा भइरहेको विश्वकपमा भारत, पाकिस्तानसहित दक्षिण अफ्रिका, बांग्लादेश र क्वालिफायरका दुई टोली रहेको छ । यस्तै समूह १ मा घरेलु टोली अष्ट्रेलिया, न्युजिलैण्ड, इंग्लैण्ड र अफगानिस्तान तथा दुई क्वालीफायर टोली रहने छ । विश्वकपको फाइनल भने कात्तिक २७ गते खेलिने भएको छ । यसअघि गत वर्ष युएईमा सम्पन्न सातौ संस्करणको टी–२० क्रिकेट विश्वकप अष्ट्रेलियाले जितेको थियो । अष्ट्रेलियाले न्युजिलैण्डलाई पराजित गरेर विश्व च्याम्पियन बनेको थियो । २००७ सालदेखि सुरु भएको टी–२० क्रिकेट विश्वकपको पहिलो उपाधी भारतले उचालेको थियो । विश्वकपको उपाधी हालसम्म दुई पटक वेष्टइण्डिजले जितेको हो भने, पाकिस्तान, इंग्लैण्ड, अष्ट्रेलिया, भारत र श्रीलंकाले एक÷एक पटक विश्वकप जितेको हो । गत वर्ष सम्पन्न विश्वकपमा भारत लीगचरणबाटै बाहिरिएको थियो । पाकिस्तानसित पहिलो खेलमा नराम्ररी पराजित भएको भारतलाई न्युजिलैण्डले हराएर प्रतियोगिताबाट बाहिर गरेका थिए । पाकिस्तान भने सेमिफाइनलमा अष्ट्रेलियासित पराजित भएका थिए । न्युजिलैण्डले इंग्लैण्डलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech