जनकपुरधाम । धनुषा–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका साधु यादवले पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन् ।

उम्मेदवार यादवले शनिबार पत्रकार सम्मेलन गरेर पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनी माओवादीका पूर्व नेता हुन् ।

पाँच दलीय गठबन्धनबाट नेकपा माओवादीका मातृका प्रसाद यादवले धनुषा–१ बाट उम्मेदवारी दिएका छन् । साधुले आप्mनो समर्थन मातृकालाई दिने घोषणा गरेका हुन् । पाँच दलीय गठबन्धनका नेताहरु समेत उपस्थित रहेको पत्रकार सम्मेलनमा नेता यादवले मुलुकको विकास र समृद्धिको लागि पाँच दलीय गठबन्धनको आवश्यक्ता रहेको बताए । साधुले उम्मेदवारी भने फिर्ता लिएका छैनन् । उम्मेदवारी फिर्ता नलिएपनि सहयोग भने पाँच दलीय गठबन्धनका उम्मेदवार मातृका यादवलाई गर्ने बताए ।

उनी जनता समाजवादी पार्टीबाट बागी भएर गएको असोज २३ गते धनुषा–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्ता लिने दिनसम्म कायम रहेका साधुले शनिबार एकाएक आप्mनो समर्थन पाँच दलीय गठबन्धनलाई गरेका हुन् । माओवादी परित्याग गरेर तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेर २०७० को दोश्रो संविधान सभा निर्वाचनमा धनुषा–३ बाट उम्मेदवारी दिएका थिए । जसपाले साधु यादवको नाम समेत सिफारिस गरेको थियो । तर, टिकट भने दिकप कार्कीले पाएपछि साधु स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । सो अवसरमा माओवादीका जिल्ला अध्यक्ष दिपक यादव, नेपाली कांग्रेसका नेता जगतसुन्दर साह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर