जनकपुरधाम । सत्ता गठबन्धनका उम्मेदवारहरुले धनुषा–३ मा चुनावी अभियान तीव्र पारेका छन् । सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का उम्मेदवार अनिल झा, प्रदेशसभा (क) बाट नेपाली कांग्रेसका रामसरोज यादव र (ख) बाट लोसपाका परमेश्वर साहले उम्मेदवारी दिएका छन् । गठबन्धनले शनिबार जनकपुरधाममा नगर स्तरीय कार्यकर्ता भेला गरेको छ ।

गठबन्धनले चुनाव प्रचार प्रसारलाई लक्षित गरी नगर स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको हो ।

भेलामा धनुषा क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिलकुमार झा, ३(क) तर्फ प्रदेश सभा सदस्यका उम्मेदवार यादव र ३(ख) का उम्मेदवार साहको उपस्थिति रहेको छ । जनकपुरको व्यापार संघमा आयोजना गरिएको संयुक्त नगरस्तरीय कार्यकर्ता भेलामा नेताहरुले चुनावी अभियानलाई तीव्र रुपमा अघि बढाउनमा जोड दिए । भेलामा कांग्रेस, लोसपा लगायतका दलका कार्यकर्ताहरुको उपस्थ्तिि रहेको थियो ।

गठबन्धनले यसअघि शनिबार नै धनुषाको नगराईन नगरपालिकामा पनि कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।

सम्बन्धित खवर