वीरगंज । चुनावको तिथि नजिकिदै गएपछि उम्मेदवारहरुले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । पाँच वर्षसम्म रजाई गर्न उम्मेदवारहरुले मतदाताको खुटट ढोग्नदेखि खेतबारीमै गएर भेट्न समेत असहज मानेका छैनन् । पर्सा–३(ख) मा जसपाबाट उम्मेदवारी दिएकी डा. मधु गुप्ताले मतदातालाई भेट्न खेतसम्मै पुगेकी छन् । धान काट्दै गरेकी महिलालाई उनी खेतमै गएर मत मागेकी हुन् । यसअघि उम्मेदवारहरुले खुट्टामा टाउको राखेर आर्शीवाद लिएको तस्वीरहरु सामाजिक संजालमा भाइरल भएको छ । मतदाता रिझाउन उम्मेदवारहरुले कुनै प्रयास बाँकी राखेका छैनन् । मतदाताको खुट्टा ढोग्ने कार्य सामान्य बनेको छ । मतदाताको घरआंगनमा जाँदा उसको बच्चाको काखमा लिएर माया गरेको देखिन्छ । बच्चालाई माया गरेर उनको अभिभावकलाई प्रभावित गर्न खोजिएको देखिन्छ । पर्साबाट उम्मेदवारी दिएकी डा. गुप्ताले खेतमै पुगेर नमस्कार टक्रयाउँदै परिचयसहित मत माग्ने भ्याएकी छन् । घरदैलोको कार्यक्रमको क्रममा घरमा नभेटिएको मतदातालाई खेतमै गएर भेट गरेकी छन् ।

डा. गुप्ता नेकपा एमाले–जसपा गठबन्धनबाट पर्सा–३ (ख) बाट उम्मेदवारी दिएकी छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरुले मतदातालाई भेट्ने क्रम तिव्र पारेका हुन् ।

पर्सा क्षेत्र नं. ३ (ख) मा जसपा एमालेको साझा उम्मेदवार गुप्ताले मतदाताहरुलाई भेट्दै आफ्नो क्षेत्र र पर्सा जिल्लाको समग्र विकासका लागि आफू लागिपर्ने बताउँदै आएकी छन् । स्थानीय विकास र समृद्धिका विषयलाई आफूले एजेण्डाको रुपमा अघि बढाउने गरेकी छन् । स्थानीय विकास, असमानता र विभेदको अन्त्यका लागि आफू राजनीतिमा आएको बताउँदै गुप्ताले सहयोगको लागि आग्रह समेत गरेकी छन् ।

सम्बन्धित खवर