काठमाण्डौ । नेपाली कांग्रेसले निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार आइतबार ११० सदस्यीय प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति गठन गरेका हुन् ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलका अनुसार देउवाले मंसिर ४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन समिति गठन गरेका हुन् । समितिमा धनुषाबाट आनन्द प्रसाद ढुंगाना, डा. चन्द्रमोहन यादव, मिनाक्षी झा, मुक्ता यादव पनि रहेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech