काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आगामी ५ वर्षसम्म संविधान संशोधन मार्फत देशलाई जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ विस्तारै माहोल बनाएर लग्ने उद्घोष गरेको छ । आगामी मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै माओवादीले संसदीय व्यवस्थाको विकल्पमा राष्ट्रपतीय शासन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लग्ने घोषणापत्रको मस्यौदा बनाएको हो ।

आगामी ५ वर्षको ‘रोड म्याप’ तयार गर्नेक्रममा माओवादीले विभिन्न ११ विषयका विज्ञसँग परामर्श गरेको थियो । विषय विज्ञसँग छलफल गरी घोषणापत्र लेखन समितिले तयार गरेर फाइनल ड्राफ्ट केन्द्रीय कार्यालयमा बुझाइसकेको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । ‘पार्टीको घोषणापत्र तयार भइसक्यो । अब फाइनल टच दिनमात्रै बाँकी छ,’ रातोपाटीसँग ढकालले भने, ‘पदाधिकारी बैठक बसेर १÷२ भित्रै घोषणापत्र प्रकाशन गरेर जनताको बिचमा ल्याउँछौँ ।’

संविधान निर्माण भएको सात वर्षपछि माओवादीले उच्च प्राथमिकता दिई शासकीय प्रणाली फेर्ने विषयलाई घोषणापत्रमा समेटेको हो । माओवादीकै जोडबलमा पहिलो संविधानसभा चुनावपछि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान प्रायः सबै दल सहमत भएका थिए । पहिलो संविधानसभाबाट संविधान बन्न नसकेपछि २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा माओवादी कमजोर भयो । त्यसपछि दुवै मुद्दा छोडेर संसदबाट निर्वाचित प्रधानमन्त्री र मिश्रित निर्वाचन प्रणालीमा जान प्रमुख दल सहमत भए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग