जनकपुरधाम । धनुषा–३ बाट सत्ता गठबन्धनका उम्मेदवार अनिल झाले सोमबार नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिलाई जनकपुर विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।
यसअघि गठबन्धनमा आवद्ध दलका नेता आउँदा सम्बन्धित दलका नेता कार्यकर्ता विमानस्थलमा गएर स्वागत गर्दै आएका थिए । तर, सोमबार भने नेपाली कांग्रेसका नेतालाई स्वागत गर्न गठबन्धनको तर्पmबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का उम्मेदवार झा नै विमानस्थल पुगे । विमानस्थल पुगेर उम्मेदवार झाले नेता निधिलाई स्वागत गरेका छन् । कांग्रेसका निधि र लोसपाका नेता झाको भेट यसअघि भने विरलै हुने गरेको हो । तर, चुनावी गठबन्धनले संयोग जुडाएको हो । आगामी मंसिर ४ गते हुन लागेको आमचुनावमा लोसपा नेता झाले धनुषा–३ बाट उम्मेदवारी दिएका हुन् । उनी रौतहट–१ बट सोभैm धनुषा–३ बाट उम्मेदवारी दिएका छन् । स्थानीय तहको निर्वाचनमा धनुषामा निकै कमजोर प्रदर्शन गरेको लोसपा गठबन्धनको भर परेको छ । धनुषा–३ कांग्रेस नेता निधिको चुनावी क्षेत्र हो । तर, उनी यसवर्ष भने प्रत्यक्ष छाडेर समानुपातिकतर्पm लाग्दा धनुषा–३ खाली भएको हो । सत्ता गठबन्धनसित वाँडफाँटमा लोसपाले धनुषा–३ पाएको हो । धनुषा–३ मा लोसपाको आप्mनो संगठन बलियो नरहेकोले कांगे्रससहित गठबन्धन आवद्ध दलमा निर्भर भएको छ । गठबन्धनको नेतृत्व गरेको कांगे्रस धनुषा–३ मा बलियो रहेको छ । नेता निधिलाई प्रभावित गर्न उम्मेदवार झा विमानस्लथमै पुगेका थिए ।
उम्मेदवार झासँगै निधिको स्वागतका लागि लोसपा र कांग्रेस नेता विमानस्थल पुगेको थियो ।
०७४ को चुनावमा निधिलाई लोसपाकै राजेन्द्र महतोले पराजित गरेका थिए । तर यो निर्वाचनमा निधिले लोसपाकै झाका लागि भोट माग्ने परिस्थिति बनेको छ ।
धनुषा–३मा निधिको राम्रो पकड छ । चुनावमा उनको भूमिका महत्वपूर्ण हुनेछ । उनले सहयोग गरेमा उम्मेदवार झाले जित्न पनि सक्ने कांग्रेसी नेताहरुको तर्क छ । तर, उनले असहयोग गरेमा उम्मेदवार झालाई मुस्किल हुनेछ ।
नेता निधि सत्ता गठबन्धनका उम्मेदवार झालाई सहयोग गर्नकै लागि जनकपुर आएको बुझिएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech