जनकपुरधाम । सुनसरीबाट धनुषा आएकी १८ वर्षीया किशोरी अंजु मगरले प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय म्यानेजर (Regional manager) को जिम्मेवारी सम्हालेकी छन् ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर प्लान इन्टरनेशनल नेपालले देशव्यापी रुपमा Girls Take Over अभियान संचालन गरेको छ । सो अभियान अन्तर्गत अंजुले प्लान इन्टरनेशनल नेपालको एक दिने क्षेत्रीय म्यानेजरको जिम्मेवारी सम्हालेकी हुन् ।

जनकपुरस्थित प्लान इन्टरनेशनल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा एक दिने क्षेत्रीय म्यानेजर अंजुले विभिन्न जिल्लाहरुमा संचालन भइरहेको परियोजनाबारे जानकारी लिइन् ।

प्लान इन्टरनेशनल नेपालले धनुषासहित चार जिल्लामा स्थानीय गैरसरकारी संस्थासितको साझेदारीमा आधा दर्जन बढी परियोजना संचालन गरेको छ ।

ती परियोजनाको उद्येश्यबारे प्लान इन्टरनेशनलका कर्मचारीहरुले एकदिने क्षेत्रीय म्यानेजर अंजुलाई ब्रिफिङ गरेका थिए । शिक्षा, यौन प्रजनन अधिकार, महिला युवाहरुलाई स्वरोजगार, बाल संरक्षण, सरसफाई लगायतको क्षेत्रमा प्लान इन्टरनेशनलको सहयोगमा गैर सरकारी संस्थाले धनुषासहित मकवानपुर, सिन्धुली र सुनसरी जिल्लामा परियोजना संचालन गरेको छ । सिकाई, डिसाइड, स्पोनसरसिप कमनिकेशन, थ्राइभ, जेसी, टेलिथन चाइल्ड नोट ब्राइड लगायतको परियोजना संचालनमा रहेको छ ।

नेतृत्व तहमा पुरुषले काम गरेको मुलुकमा यस्ता पहल महत्वपूर्ण भएको हो ।

सामाजिक रुपान्तरण र महिलाको नेतृत्व विकासको लागि यस्ता परियोजनाहरु प्रभावकारी साबित हुने विश्वास व्यक्त गर्दै एक दिने क्षेत्रीय म्यानेजर अंजुले प्रशंसा समेत गरिन् ।

सो अवसरमा प्लान इन्टरनेशनलका कर्मचारीहरुले एक दिने क्षेत्रीय म्यानेजर अंजुलाई ११औं अन्तराष्ट्रिय बालिका दिवस २०२२ अव हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य भन्ने नाराका साथ किशोरी ज्ञापनपत्र समेत बुझाएका थिए । ज्ञापनपत्र बुझाउदै बालिका तथा किशोरीहरुको क्षमता विकास, नेतृत्वको अवसर, सहभागिता र विचारको सुनुवाईमा पहल गर्ने प्रतिबद्धता समेत अंजुले जनाइन् ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय म्यानेजर रविशंकर पण्डितले अंजुलाई एक दिने जिम्मेवारी हस्तान्तरण गर्दै बधाई ज्ञापन गरेका थिए ।

युवा किशोरीहरूको मानसिकता परिवर्तन गर्नको लागि Girls Take Over अभियान ल्याएको क्षेत्रीय म्यानेजर पण्डितले बताए ।

क्षेत्रीय म्यानेजरको हैसियतमा अंजुले प्लान इन्टरनेशनल नेपालका कर्मचारीलाई बालिका र किशोरीहरूको राजनीतिक अधिकारलाई यसका कार्यक्रमहरू, योजना र नीतिहरूमा समावेश गर्ने खालको थप कार्यक्रमहरु ल्याउनको लागि निर्देशन दिइन् ।

उनले क्षेत्रीय म्यानेजरको अधिकार क्षेत्रबारे एक दिने क्षेत्रीय म्यानेजर अंजुलाई जानकारी गराएका थिए ।

सो अवसरमा अंजुले असाइनमेन्ट समेत गरेकी थिइन् ।

कार्यक्रममा प्लानका कार्यक्रम विज्ञ प्रशून राई, अंजु शाक्य, सपना थापा, मंदिरा न्यौपाने, गिता बिडारी लगायतले आ आफ्नो कार्यक्षेत्रको उद्येश्य र प्रगतिबारे ब्रिफिङ गरेकी थिइन् । प्लानले धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, विदेह नरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा स्थानीय संघसंस्थाको सहयोगमा परियोजना संचालन गरेको छ ।

युवा किशोरीहरूलाई कसरी काम गर्छ भनेर हेर्नको लागि अवसर दिनको लागि यस्ता अभियानहरूको आवश्यक्ता रहेको छ । गत साता मात्रै धनुषाको विदेह नगरपालिकामा किशोरीलाई एक दिने प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर नेतृत्व विकास सम्बन्धी सार्थक पहल गरिएको थियो ।

कार्यक्रमले महिला युवा र किशोरीहरूको समस्यालाई प्रभावकारी रूपमा उठाउन सक्ने क्षमता बढाएको छ ।

सम्बन्धित खवर