मलंगवा । जनता समाजवादी पार्टी (जसपा) ले बागी उम्मेदवारी दिएका ४ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्र कुमार रायले प्रेस विज्ञप्ती जारी गरी केन्द्रीय कार्यकारिणी सदस्य रामनरेश राय, केन्द्रीय सदस्य गायत्री देवी साह, अर्का केन्द्रीय सदस्य राजेशकुमार यादव र मधेश प्रदेश समिति सदस्य गंगा लामालाई पार्टीबाट निकालिएको जानकारी दिएका हुन् । मधेश प्रदेश सरकारको पूर्व पर्यटन मन्त्री समेत रहेका रामनरेश रायले क्षेत्र नं. २ (क), गायत्री देवी साहले क्षेत्र नं. ३ (ख), राजेश कुमार यादवले क्षेत्र नं. २ (ख) र गंगा लामाले क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

विज्ञप्तीमा चार जना नेताले पार्टीको निर्णय, निर्देशन तथा हित विपरित एमाले–जसपा गठवन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकाले कारवाही स्वरुप पार्टीबाट निष्काशन गर्नुपरेको उल्लेख छ ।

सम्बन्धित खवर