जनकपुरधाम । आउँदो कात्तिक ८ गते मंगलबार सुर्यग्रहण लाग्ने भएको छ । सुर्यग्रहण मंगलबार दिउँसो ४ः४१ देखि ५ः५२ बजेसम्म लाग्ने छ । कात्तिक ७ गते लक्ष्मीपूजा मनाइदैछ । सुर्यग्रहणको १२ घण्टा अगाडि मन्दिरमा दर्शन, पुजा गर्नु शास्त्र अनुसार शुभ मानिएको पण्डित आचार्य सन्तोष पाण्डेयले बताए ।

ग्रहण अवधिमा बालबालिका, वृद्धवृद्धा र रोगी बाहेकले खानेकुरा ग्रहण गर्न नहुने पण्डित पाण्डेयले बताए । विशेष परिस्थितिमा औषधि सेवन, खाना ग्रहण भने वर्जित छैन् । सूर्यग्रहणमा मन्त्र उच्चारण गर्न, सुर्यग्रहण समाप्त भएपछि घर सरसफाई गरी ब्राह्मणलाई दान, यज्ञ गरेर भोजन गर्नुपर्छ ।

सम्बन्धित खवर