जनकपुरधाम । राजनीतिक दलबाट आजित मतदाता आगामी चुनावमा स्वतन्त्र उम्मेदवारप्रति सकारात्मक देखिएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाम बजार क्षेत्र समेत रहेको धनुषा–३ को प्रतिनिधिसभा र प्रदेशसभाबाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारप्रति मतदाताले सहनुभूति देखाएको हो । दलका नेताहरु हारको डरले गठबन्धन गरेर चुनावी मैदानमा उत्रेको बताउँदै यसपाली स्वतन्त्रलाई सहयोग गर्नुपर्ने जनकपुर–१ का मुकेश साहले बताए ।

दलहरुले मतदातालाई आप्mनो अनुकूल प्रयोग मात्र गरेकोले आगामी चुनावमार्पmत दलका नेताहरुलाई बहिष्कार गर्नुपर्ने तर्क उनको छ । काठमाण्डौ र धरान जस्तो अवस्था मधेशमा आउन केही समय लाग्छ, उनले भने–तर, सुरुवात गर्नुपर्छ । सुरुवात भयो भने परिवर्तन निश्चित हुन्छ । दलको भरमा देश बर्बाद भएको गुनासो पोख्दै मुकेश जस्तै कैलाशले पनि भिजनको भएको युवालाई सहयोग गर्नुपर्ने बताउँछन् । भिजनरी नेताले समाज र देशको विकास गर्छ, उनले भने–परम्परागत राजनीतिले देश विनाश गरेको छ । त्यसैले अव काठमाण्डौ र धरानबाट पाठ सिकेर जनकपुरका मतदाताले पनि स्वच्छ छवि भएका युवा उम्मेदवारलाई अवसर दिनुपर्छ । गत बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिको स्वतन्त्र उम्मेदवार बालेन साह र धरान उपमहानगरपालिकामा हर्कमान साम्पाङले स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । मतदाता सचेत भए नेताहरुले मोलमोलाई गरेर मत खरिदविक्रि गर्ने लगायतको काम बन्द गर्ने तर्क कैलाशको छ । जनकपुर–१ का संतोष साह पनि दलबाट आजित हुँदै सबै मिलेर मतदातालाई ठगेको आरोप लगाए । उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका काबिल व्यक्तिलाई नेतृत्व दिनुपर्ने बताए । धनुषा–३ मा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सभापति उमेश साहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनी आगामी चुनावको लागि प्रचार प्रसार अभियान अगाडि बढाएका छन् । मंगलबार पनि उम्मेदवार साहले कपिलेश्वर, लादो बेला लगाायतको गाउँमा घरदैलो गरेका छन् । आगामी निर्वाचनमा मतदाताले आपूmलाई सहयोग गर्ने विश्वास उम्मेदवार साहको छ । हारको डरले दुई÷दुई जना पूर्व उपप्रधानमन्त्री क्षेत्र छाडेको तर्क गर्दै उम्मेदवार साहले अवको राजनीति स्वतन्त्रले गर्ने बताए । धनुषा–३ मा सत्ता गठबन्धनबाट लोसपाका अनिल कुमार झा र नेकपा एमाले–जसपा गठबन्धनबाट जुली कुमारी महतो उम्मेदवार छन् ।

धनुषा–३ (ख)मा स्वतन्त्र उम्मेदवारी दिएका युवा अम्भु प्रसाद साहले पनि आप्mनो चुनावी अभियान अगाडि बढाएका छन् । चुनाव चिन्ह पाएको दिनदेखि नै उनी चुनावी प्रचारमा होमिएका हुन् । मंगलबार उम्मेदवार अम्भुले कपिलेश्वर, योग शिविर पुगेर भेटघाट गरेका छन् । आगामी चुनावमा मतदाता आपूmलाई सहयोग गर्ने विश्वास व्यक्त गर्दै उम्मेदवार अम्भुले जनताले परम्परागत राजनीतिबाट उन्मुक्ति चाहेको बताए ।

परम्परागत राजनीतिको विकल्प नै स्वतन्त्र हो, उनले भने–स्वतन्त्र उम्मेदवारलाई मतदान गरेपछि मात्रै दलको सिण्डिकेट अन्त्य हुन्छ । धनुषा–३(ख) मा सत्ता गठबन्धनबाट लोसपाका परमेश्वर साह र नेकपा–जसपा गठबन्धनबाट दिपेन्द्र ठाकुरले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट टिकट नपाएर रुष्ट हरिशंकर साह भने बागी उम्मेदवारी दिएका हुन् ।

सम्बन्धित खवर