जनकपुरधाम । निक शिक्षा दिअ परियोजनाले धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा पालिकास्तरीय सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नर्वेजियन दूताबासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत पालिकामा हालसम्म भएको शिक्षा सुधारबारे प्रकाश पारिएको थियो ।

कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, उपाध्यक्ष फुलकुमारी देवी, वडा नं. २ का वडाध्यक्ष लालजी साह, वडा नं. ५ का वडाध्यक्ष दुखरन यादव, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, शिक्षा शाखा प्रमुख जयकुमार यादव, स्वास्थ्य शाखा प्रमुख मनोहर यादव लगायत कार्यपालिका सदस्य, शिक्षक, कर्मचारीसहित सरोकारबालाहरुको सहभागिता रहेको थियो । ्

गाउँपालिका अध्यक्ष मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा पालिका भित्रका १८ विद्यालयमा शैक्षिक सुधारको लागि गरिएको कार्यक्रमहरु बारे आसमान नेपालका लक्ष्मीनियाँ गाउँपालिका संयोजक मुकेश रजकले बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मिश्रले शिक्षा क्षेत्रको सुधार गर्न पालिकाले हरसम्भव सहयोग गर्न तयार रहेको बताए ।

शिक्षा क्षेत्रको विकास गर्नको लागि पालिका गंभिर रहेको बताउँदै अध्यक्ष मिश्रले शिक्षामा सबैको पहुँच आवश्यक रहेको तर्क गरे । यसको लागि आपूmहरुले पनि शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा वडाध्यक्षहरुले पनि शिक्षा क्षेत्रको सुधारमा हरसम्भव सहयोग गर्न तयार रहेको बताए । आसमान नेपालले संचालन गरेको परियोजना अन्तर्गत चालु शैक्षिक वर्षमा विद्यालय बाहिर रहेका ५७५ बालबालिकालाई विद्यालय भर्ना गरिएको पालिका संयोजक रजकले बताए ।

लक्ष्मीनियाँ गाउँपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गर्ने अभियानमा सहयोग गर्नको लागि आसमान नेपालका कार्यक्रम प्रबन्धक सत्य कुमार महतोले आव्हान गरे ।

हालसम्म पालिकाका वडा नं. १ र ५ बालश्रम मुक्त वडा घोषणा भइसकेको छ भने वडा नं. ४ छिट्टै घोषणाको तयारीमा रहेको कार्यक्रम प्रबन्धक महतोले बताए । बाँकी वडाहरुले पनि छिट्टै घोषणा गरेर पालिकालाई घोषणा गर्ने कार्यमा अघि बढनुपर्ने धारणा उनले राखे ।

बालश्रम मुक्त पालिका घोषणा गर्ने अभियानलाई अघि बढाउने पालिकाले सहयोग गर्ने अध्यक्ष मिश्रले प्रतिबद्धता जनाए ।

परियोजना केही दिन पछि सम्पन्न भएपछि यसलाई निरन्तरता दिन पालिकाले अभिभावकत्व ग्रहण गर्नुपर्छ,–महतोले भने–पालिका भरिको सामुदायिक विद्यालयमा शैक्षिक सुधार सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालनमा छ । कार्यक्रम सञ्चालन गर्ने परियोजनाको अवधि समाप्त हुन थालेकाले निकै प्रभावकारी मानिएको यस कार्यक्रमलाई कसरी निरन्तरता दिने भन्ने विषयमा समेत कार्यक्रममा गहन छलफल भएको छ । हाल सम्म जे जसरी कार्यक्रम सञ्चालन भएको भए पनि आगामी दिनमा स्थानीय सरकारले कार्यक्रमको अपनत्व लिई विद्यालयमा कार्यक्रम लागु गर्न आवश्यक रहेको सहभागीहरूले बताए ।

सम्बन्धित खवर