जनकपुरधाम । धनुषा–४(क) को लक्ष्मीनियाँ गाउँपालिका–२ का प्रभावशाली नेता देव सिंह सुवेदीले बुधबार नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेता सिंहलाई धनुषा–४ का उम्मेदवार महेन्द्र यादव र ४(क) का उम्मेदवार शेषनारायण यादवले संयुक्त रुपमा पार्टी प्रवेश गराएका हुन् । बुधबार बिहान लक्ष्मीनिया–२ सिनुरजोडामा आयोजित पार्टी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा नेतासिंह संगै संयौ कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । सोअ अवसरमा नेपाली कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियार, नेता बजरंग यादव, डा.सत्रुधन यादव, डा.संजिव यादव, भोगेन्द्र राउत, प्रभात सिंह लगायतको उपस्थिति रहेको थियो । उनी ३१ बैशाखमा सम्पन्न स्थानीय चुनावमा नेकपा (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा उठेका थिए । सिनुरजोडामा नेता सिंहको राम्रो प्र्रभाव मानिन्छ । यसअघि मंगलबार नेकपा एमालेका समानुपातिक उम्मेदवार फुलकुमारी महतोले कांग्रेस प्रवेश गरेका थिए । केही दिन अघि मात्र एमालेका प्रदेश समिति सदस्य डा. संजिव कुमार यादवसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । धनुषा–४ का प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र शेषनारायण यादवले बुधबार नै जनकपुरधाम–९ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । सो अवसरमा वडा–९ वडाध्यक्ष परमेश्वर साह, सुरेश कोइराला, रामवरण पासवान लगायत स्थानीय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसअघि जनकपुरधाम–१३, १४, मिथिला बिहारी लगायतको स्थानमा पार्टी सम्पर्क कार्यालय संचालनमा आइसकेको छ ।

 

सम्बन्धित खवर