जनकपुरधाम । सरसफाईको विषयलाई लिएर नियन्त्रणमा लिएको स्थानीय युवाहरुलाई रिहाई गरिएको छ ।  जनकपुरधामस्थित तेलहा मरहा पोखरी सरसफाइमा लागेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ९ जनालाई रिहा गरिएको धनुषाका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले बताए ।

दीपावली र छठ पर्वको अवसर पारेर स्थानीय युवाहरु जानकी मन्दिर अगाडि रहेको तेलहा मोरहा पोखरीको सरसफाइ गर्न पुगेका थिए ।

धार्मिक सम्पदालाई सरसफाइ गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको युवाहरुले आरोप लगाए । प्रहरीले आफु हरुमाथि हातपात समेत गरेको पक्राउ परेका युवाहरुले बताए ।

यता, पोखरी छेउको फोहर युवाहरुले जानकी मन्दिर अगाडि थुपारेर सडक अवरुद्ध गरेको प्रहरीले दावी गरेको छ । प्रहरीका अनुसार छेउको फोहर सडक बीचमा राखेर झण्डै दुई घण्टा बाटो अवरुद्ध पारेपछि उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रहरी नायब उपरिक्षक क्षेत्रीले बताए ।

चाडवाड र चुनावको मुखमा फोहर थुपार्ने काम नगर्न आग्रह गरेपनि उनीहरुले अटेर गरेर बिहान ७ बजेदेखि साढे ९ बजेसम्म सडक अवरुद्ध पारेको उनले बताए । आफु हरुले पटक पटक आग्रह गरेपनि उनीहरुले निहु खोजेर पोखरी छेउको फोहर सडकमा ल्याएर थुपारेको क्षेत्रीले थपे ।

 

सम्बन्धित खवर