जनकपुरधाम । निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप धनुषा प्रहरीले मंगलबार राति श्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी बरमझियाबाट खटिगएको टोलीले सबैला नगरपालिका– १२ रघुनाथपुर नहरचोकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा जिल्ला सुनसरी ईनारुवा नगरपालिका–६ बस्ने बर्ष २२ का आशिष कामदले चलाएको प्र–०१–०२–०४६ प. ५६३१ नं. को मोटरसाईकल पछाडी सवार बर्ष २७ को बजरंग प्रसाद गुप्ताले बोकेको कालो रंगको झोला भित्र श्रोत नखुलेको २० लाख फेला परेको हो ।
स्थानीयहरूको रोहबरमा रित पुर्वक बरामद गरि उक्त रकम सहित दुवै जनालाई नियनत्रणमा लिई ईलाका प्रहरी कार्यालय सबैला ल्याएर थप अनुसन्धान पश्चात आवश्यक कार्वाहीको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाउने पहल भई रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech