काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)ले बागी उमेदवारलाई कारबाही गरेको छ ।
केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टी निर्णय विपरित उम्मेदवारी दिएकालाई निष्कासन गरिएको छ ।
‘पार्टी नीति, निर्णय विपरित स्वतन्त्र रूपमा उम्मेदवारी दिने त्यस्ता उम्मेदवारहरूले पार्टी अनुशासन उल्लंघन गरी उम्मेदवारी कायम राखी रहेकाले उनीहरूलाई पार्टीबाट निष्कासित गरिएको छ, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जसपाले नेकपा (एमाले)सँग तालमेल भएका स्थानमा संयुक्त उम्मेदवारलाई जिताउन र तालमेल नभएका ठाउँमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्न पनि निर्देशन दिएको छ ।
तालमेल भएको स्थानमा जसपा, नेपाल र नेकपा (एमाले)का संयुक्त उम्मेदवारहरूलाई र तालमेल नभएका स्थानमा जसपा, नेपालको उम्मेदवारको पक्षमा लाग्न, प्रचार प्रसार गर्न, मत माग्न र निर्वाचनमा विजयी बनाउन पार्टीका सम्पूर्ण समर्थक, शुभ–चिन्तक तथा सदस्यहरु र नेतृत्वमा रहनु भएका सबै साथीहरूलाई निर्देशित गरिन्छ, विज्ञप्तिमा उल्लेख छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech