जनकपुरधाम । कामको बेला जिम्मेवारी नदिएको गुनासो गर्दै हिड्ने नगर उपप्रमुख भने सेवा सुविधा लिन प्रमुखलाई समेत उछिनेका छन् । नगर प्रमुख कामकाजको सिलसिलामा दिनभर व्यस्त रह्दा उपप्रमुख भने सरकारी सुविधाको दुरुपयोग गर्नमा लागेका हुन्छन् । सरकारी कामकाजको लागि सुविधा स्वरुप गाडि पाएका धनुषाको शहीदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंहले भने चरम दुरुपयोग गरेको पाइएको छ ।

उनी आफूअनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेकी छन् । विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत उनी सरकारी गाडी प्रयोग गरेको पाइएको छ । तर कुनै पनि निकायले गाडी दुरुपयोग भएको नियमन गरेको छैन् ।

बिहीबार शहीदनगर नगरपालिकाकी उपप्रमुख सिंह सरकारी गाडी लिएर घरायसी प्रयोजनको लागि सरसामान किनमेल गर्न सीमानाकामा पुगेकी छन् । उपप्रमुख सिंहले चढ्दै आएको प्रदेश –२–०२–००१ झ ००६७ नम्बरको सरकारी गाडी प्रयोग गरी किनमेल गर्न नेपाल–भारत सीमानामा पुगेकी हुन् ।

कार्यालयको काममा मात्रै प्रयोग गर्नुपर्ने सरकारी गाडीमा उपप्रमुख सिंह आफ्नो श्रीमान् र छोरासहित घरायसी प्रयोजनको लागि सरसामान किनमेल गर्न बिदेह नगरपालिका–१ स्थित महिनाथपुर नाकामा पुगेकी थिइन् । उपप्रमुख सिंह दशगजा नजिकै गाडी पार्किङ गरेर सरसामान लिन सिमापारी पुगिन् ।

सीमानापारीबाट फर्केपछि किनेको समानहरु गाडीमा लाद्न खोज्दा बिओपी महिनाथपुरबाट सीमाना खटिएका सशस्त्र प्रहरीले गाडीमा समान राख्न नदिएपछि त्यो समानहरु टेम्पोमा राखेर गएको सशस्त्र प्रहरीले बताए । उपप्रमुख सिंहले ’घरायसी प्रयोजनको सामग्री लिन सीमापारी जादैछौं’ भनेर सीमाना खटिएका सशस्त्र प्रहरीलाई भनेको बिओपी महिनाथपुरका सशस्त्र प्रहरी निरीक्षक गणेश पाण्डेले बताए । उनले भने, ’सरकारी गाडीमा व्यक्तिगत सरसामान ढुवानी गर्न पाइदैन् । हामीले त्यस्तो देखेपछि रोकेका हौं, गाडीमा सरसामान राख्न नदिएपछि उपप्रमुख सिंहले टेम्पोमा राखेर जानुभयो ।’

’श्रीमान् र छोरासँगै गाडीमा घरायसी प्रयोजनको लागि सरसामान लिन सीमापारी गएका थियौं । तर हामीले किनेको सामानहरु सरकारी गाडीमा नराखी टेम्पो भाडा गरी ल्याएको उनले भनिन् ’सरकारले स्वंम सरकारी सम्पत्तिको दुरुपयोग गर्दैछन्, हामीले सानोतिनो दुरुपयोग मात्रै गरेको हो ।’

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग