जनकपुरधाम । धनुषा–४ (क) मा पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले बिहीबार चुनावी अभियानलाई निरन्तरता दिदै जनकपुरधाम–१९ बेंगामा पार्टी प्रचार सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।

बिहीबार साँझ बेंगामा आयोजित एक कार्यक्रमका बीच धनुषा–४ बाट प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र यादव र प्रदेशसभा (क) का उम्मेदवार शेषनारायण यादवले संयुक्त रुपमा नेपाली कांग्रेस प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा पार्टीका जिल्ला सभापति योगेन्द्र पजियार क्षेत्र नं. ४ का क्षेत्रीय सभापति कुमरकान्त झा, वडासभापति लगायत कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । यसअघि बिहीबार नै उम्मेदवारद्वय महेन्द्र र शेषनारायणले लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाँमा पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए । सो अवसरमा लक्ष्मीनियाँ गाउँपालिकाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रतिनिधिसभा र शेषनारायण यादवले प्रदेशसभा(क) बाट उम्मेदवारी दिएर प्रचार अभियानमा जुटेका छन् । ४१ वटा रहेको प्रतिनिधिसभा क्षेत्रको अधिकांश वडामा सम्पर्क कार्यालय स्थापना भइसकेको क्षेत्रीय सभापति झाले बताए ।

सम्बन्धित खवर