जनकपुरधाम । दुई पल्टको च्याम्पियन वेस्ट इन्डिज टी–२० क्रिकेट विश्वकपको छनौट चरणबाटै बाहिरिएको छ । आयरल्यान्डले सजिलै वेष्ट इण्डिजलाई ९ विकेटले हराउँदै ट्वान्टी–२० विश्वकपको सुपर–१२ चरणमा प्रवेश गरेका छ । हारले वेस्ट इन्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि १ सय ४७ रन पछ्याएको आयरल्यान्डले १७.३ ओभरमा एक विकेट गुमाएर १ सय ५० रन बनायो ।
आयरल्यान्डको जितका नायक प्रारम्भिक ब्याट्सम्यान पल स्टर्लिङ रहे । उनले ४८ बलमा ६६ रन बनाए र नटआउट रहे । यसमा ६ चौका र २ छक्का सामेल थियो । उनले पहिलो विकेटका लागि एन्डी बालब्रिनीले ७३ रनको ठोस साझेदारी गरे । बालब्रिनी ३७ रन बनाए ।
यस्तै लोरकन टोकरले नटआउट रहेर ३५ बलमा ४५ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको वेस्ट इन्डिजले पाँच विकेटमा १ सय ४६ रन बनाएको थियो । ब्रेन्डन किङले ४८ बलमा ६२ रन बनाए र यो नै टिमको उच्च व्यक्तिगत स्कोर रह्यो ।
उनले ६ चौका र १ छक्का प्रहार गरे । आयरल्यान्डका लागि गेराथ डेलानीले १६ रनमा तीन विकेट लिए र उनी नै ‘प्लेयर अफ द म्याच’ भए । आजकै दोस्रो तथा प्रारम्भिक चरणको अन्तिम खेलमा जिम्बावे र स्कटल्यान्ड भिड्दै छन् । यसमा विजयी टिम सुपर–१२ पुग्ने चौथो तथा अन्तिम टिम हुनेछ । २०१० र २०१६ मा वेष्ट इण्डिज टी–२० क्रिकेट विश्वकप जितेको थियो । सन् २०१० मा श्रीलंकालाई पराजित गरेर विश्व च्याम्पियन भयो भने २०१६ मा इंग्लैण्डलाई हराएर दोश्रो पटक विजेता भए । अहिलेसम्म भएको सात संस्करणको टी–२० क्रिकेट विश्वकपमा दुई पटक विजेता हुने एक मात्र टोली वेष्ट इण्डिज हो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech