जनकपुरधाम । धनुषा–४(क) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारहरुले चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.–१४ रजौलमा शुक्रबार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका छन् ।
धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र (क) प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायण यादवले संयुक्त रुपमा प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा जनकपुरधाम–९ का वडाध्यक्ष परमेश्वर साह, बजरंग यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रदेशसभा सदस्य पदका उम्मेदवार शेषनारायण यादवले शुक्रबार नै लक्ष्मीनियाँ गाउँपालिका–३ मा कार्यकर्ता भेला गरेका छन् । सो अवसरमा लक्ष्मीनियाँ गाउँपालिकाका निवर्तमान अध्यक्ष विन्देश्वर यादव, नेपाली कांग्रेसका नेता डा. सत्रुधन यादव, वडाध्यक्षका प्रत्यासी लगायतको उपस्थिति रहेको थियो । यस्तै शुक्रबार नै उम्मेदवार यादवले क्षीरेश्वरनाथ नगरपालिका–१० को प्रस्टोकीमा भेटघाट कार्यक्रम गरेका छन् । पार्टीका स्थानीय कार्यकर्ता र मतदातालाई उम्मेदवार यादवले भेटघाट गर्दै सहयोगको लागि आग्रह गरेको घनश्याम यादवले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech