जनकपुरधाम । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शनिबार (आज)देखि कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।

तिहारको पहिलो दिन शनिबार काग तिहार र धनतेरस मनाउँदै छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।

कात्तिक ६ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार र कात्तिक ७ गते सोमबार कृष्ण औँसीका दिन लक्ष्मीपूजा मनाइने भएकोछ । कात्तिक ८ गते मंगलबार कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पूजा मनाउने एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । लक्ष्मीपूजाको भोलीपल्ट मंगलबार सुर्यग्रहण लाग्ने भएकोले यस वर्षको तिहारमा तिथि जुध्न गएको छ । यस वर्ष कागतिहारकै दिन धनतेरस मनाउन लागेको हो । धनतेरसको दिन धनको रुपमा विभिन्न सामग्री खरिद गर्ने चलन छ । गरगहना, सवारीसाधन, भाँडाकुडा, लत्ताकपडा लगायतका सामाग्रीहरु धनको रुपमा खरिद गर्नको लागि जनकपुर बजारमा भारी भिड लाग्ने गरेको छ ।

 

 

सम्बन्धित खवर