जनकपुरधाम । नेपाल मेडिकल एशोसिएशन जनकपुरले डा. सुष्मिता पाठकको श्रद्धाञ्जली अर्पण गरेको छ । नेपाल मेडिकल एशोसिएशन जनकपुरका अध्यक्ष डा. रामजी यादवको अध्यक्षतामा शनिबार साँझ जनकपुरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।

सुष्मिताको निधनप्रति दुःख व्यक्त गर्दै जनकपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकहरुले शनिबार साँझ दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

चिकित्सकहरुले प्रादेशिक अस्पताल परिसरमा दीप प्रज्वलन गरेर सुष्मितालाई श्रद्धाञ्जली दिएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल मेडिकल एशोसिएशन जनकपुर शाखाका पदाधिकारी र सदस्य लगायत चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर