जनकपुरधाम । तिहारको तेस्रो दिन सोमबार(आज) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याड लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र माटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर लक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने पण्डित आचार्य संतोष पाण्डेयले जानकारी दिए ।

लक्ष्मी पूजाका अवसरमा शहर बजार, गाउँमा दीपावली गरी झिलीमिली बनाइन्छ ।

हिन्दु धर्ममा देवी लक्ष्मीलाई धनकी देवी भनेर चिनिन्छ । धर्मशास्त्रमा उनको चित्रण रातो साडीमा तथा सुनका गहानाहरु सजिएकी, कमलको फुलमा वास गर्ने र स्वेत हात्ती द्दारा घेरियेकी देवी भनेर गरिएको छ । भगवान विष्णुकी पत्नी देवी लक्ष्मी धन, भाग्य, शक्ति, विलासिता, सौन्दर्य, उर्वरताको लागि चिनिन्छन् । हिन्दु शास्त्रमा उनलाई अस्थिर, सन्की तर मातृत्वको खानीको देवी भनेर चिनिन्छ । उनको आराधना बाट भक्तजनले खुशी, भौतिक पूर्ति, र सन्तुष्टिको अनुभव गर्ने गरेका छन् । उनको हतियारले आशीर्वाद र अनुदानको परिचय गर्दछ ।

देवी लक्ष्मीको बारेमा तथ्यहरू– देवी लक्ष्मीका चार हातले हिन्दू जीवन पद्धतिलाई महत्वपूर्ण मानिने मानव जीवनका चार लक्ष्यहरू प्रतिनिधित्व गर्दछ ( धर्म, काम, अर्थ, र मोक्ष।देवी लक्ष्मीको कलाकृति र शिल्पकलामा सिक्काले, धनलाई प्रतिनिधित्व गर्दछ भने स्वेत हात्तीले राजकीय वा शाही शक्तिको प्रतिनिधित्व गर्दछ ।

जब जब भगवान श्रीविष्णुले विभिन्न अवतार लिए तव तव देवी लक्ष्मीले पनि उनलाई साथ दिन विष्णुकै समकक्षी भई अवतार लिईन् । जसले उनको श्रीमान प्रतिको प्रेम र भक्ति दर्शाउदछ। जब भगवान विष्णुले रामको अवतार लिए, तव लक्ष्मीले सीताको अवतार लिईन भने कृष्णको अवतार लिदा रुकमिणी अवतार लक्ष्मीले लिएको भनेर धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

लक्ष्मीलाई देवी देवताहरुको शक्तिको जग पनि भनेर चिनिन्छ । उनी उभिएको कमलको फुलले संसारिक मोहको प्रतिनिधित्व गर्दछ । जसरि कमल हिलोमा फुलेपनि कमल वा यसको फुलमा कहिल्ये देखिदैन । त्यस्तै, कमलका फूलसँग सम्बन्धित उनका केही नामहरू श्रीजा, कमला, पद्म, र पद्मप्रिया हुन्।हिन्दूधर्मशास्त्रमा लक्ष्मी र विष्णुको सम्बन्ध हिन्दू विवाहमा दुलहा र दुलहीका अनुष्ठान र समारोहको दृष्टान्त मान्ने गरिन्छ ।

देवी लक्ष्मीले पहरिने रातो रंगको साडीले गतिशील कार्य र सकारात्मक उर्जाको प्रतिनिधित्व गर्दछ । अष्टलक्ष्मी लक्ष्मीका आठ शक्तिहरू हुन् जसले आठ ओटा सम्पत्तीको स्रोत दर्शाउदछ जसले महालक्ष्मीको शक्ति प्रतिनिधित्व गर्छ । उल्लुलाई देवी लक्ष्मीको वहान मानिन्छ भने देवीको आराधना गर्दा शुक्रबार गर्नुपर्ने मान्यता छ ।

माता लक्ष्मीसँग हामीले जीवनको उपयोगी केही कुरा सिक्न सकिन्छ । लक्ष्मी वा महालक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यको देवी हुन् । उनी कमलको फुलमा बस्छिन् । उनको अर्को नाम ‘श्री’ हो ।

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग