जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समिति सदस्य जीवनाथ चौधरीलाई पार्टीको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिको मधेश प्रदेश संयोजकमा चयन गरिएको छ ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको एक महिनाभन्दा पनि कम समय बाँकी रहेको बेला नेपाली कांग्रेसले चौधरीलाई पार्टीको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिको मधेश प्रदेशको संयोजकमा चयन गरेको हो ।
नेपाली कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार प्रसार केन्द्रिय समितिको बैठकबाट ७ वटै प्रदेशको उपसमितिको संयोजक चयन गरेको छ ।
यसका साथै उपसमितिका सदस्यहरु समेत चयन गरिएका हुन् । चौधरी नेपाली कांग्रेसको भातृ संस्था सांस्कृतिक संघका अध्यक्ष समेत हुन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech