जनकपुरधाम । धनुषा–४ मा सत्ता गठबन्धनका उम्मेदवारहरुले दीपावलीको पूर्व सन्ध्यामा लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनी टोलीमा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । आइतबार बिहान सोहनीमा आयोजित एक कार्यक्रमका बीच सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र ४(क) को प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायण यादवको उपस्थितिमा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको हो । नेपाली कांग्रेस लक्ष्मीनियाँ गाउँपालिका–१ वडा समितिका पदाधिकारी, क्रियाशिल सदस्य र कार्यकर्ताहरुको उपस्थितिमा उम्मेदवारहरुले वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्नको लागि आग्रह गरेका थिए । सो अवसरमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री महेन्द्र यादवले प्राप्त उपलब्धीको संरक्षण गर्नको लागि पनि गठबन्धनको आवश्यक्ता रहेको बताए । सो अवसरमा प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायणले प्रतिगमनकारी शक्तिलाई परास्त गर्न सबै लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाली कांग्रेस धनुषा–४ का सभापति कुमरकान्त झा, नेता शिवशंकर यादव, डा. सत्रुधन यादव लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर