बलिउड अभिनेत्री कंगना रनौतले राजनीतिमा आउने चाहना राखेकी छन् । एक मिडिया ग्रुपसँगको कार्यक्रममा उनले आफ्नो राजनीति प्रतिको झुकाव खुलाएकी हुन् । राजनीतिमा प्रवेश गरेर लोकसभा सांसद बन्ने उनको सोच छ । उनले भाजपाले चाहेमा आफू चुनाव लड्ने समेत बताएकी छिन् । चुनावका लागि आफ्नो पहिलो रोजाइ हिमाञ्चल प्रदेशको मन्डी रहने उनले बताएकी छन् । कार्यक्रममा उनलाई सर्वसाधारणले सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भन्ने प्रश्न राखेका थिए । ‘यदि हिमाञ्चलका जनता र बीजेपीले चाहेमा जनताको सेवाका लागि हिमाञ्चलको मन्डी सिटबाट आगामी लोकसभा चुनाव लड्न सकिन्छ’ उनले जवाफमा भनेकी थिइन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech