जनकपुरधाम । धनुषा–४(क) बाट सत्ता गठबन्धनका उम्मेदवार शेषनारायण यादवले चुनावी प्रचार अभियानलाई तीव्र पारेका छन् । चाडपर्वमा समेत प्रचार प्रसार अभियानलाई निरन्तरता दिएका उम्मेदवार यादवले छठ पर्व पश्चात घरदैलोलाई तीव्र पारेका हुन् । मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका–१४ को मुजेलिया र रजौलमा घरदैलो कार्यक्रम गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका नेता यादवले कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रमलाई संगै अघि बढाएका हुन् । स्थानीय नेता र कार्यकर्ताको साथ मुजेलिया र रजौलमा मंगलबार बिहान घरदैलो कार्यक्रम गरेका छन् । यस्तै मंगलबार नै बिसबिट्टीमा पनि उम्मेदवार यादवले घरदैलो गरेका हुन् । नेपाली कांग्रेस धनुषा–४ को क्षेत्रीय सभापति कुमरकान्त झा, दलित नेता रामवरण पासवान, धीरेन्द्रमोहन झा, रामविलास धनकार लगायतको नेता कार्यकर्ताको साथ जनकपुरधाम उपमहानगरपालिकाको दुई वटा वडामा घरदैलो कार्यक्रम गरेका हुन्
Copyright © 2025, All Rights Reserved | Developed By ProTech