जनकपुरधाम । तत्कालीन सद्भावना पार्टीका नेता रामबिनोद यादवले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गरेका छन् । नेता यादवलाई नेकपा एकीकृतका अध्यक्ष माधव कुमार नेपालले मंगलबार पार्टी प्रवेश गराएका हुन् । नेकपा एकीकृत धनुषा–२ क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा नेता यादवलाई अध्यक्ष नेपालले गमछा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका–१८ कनकपट्टी निवासी रहेका नेता यादव कारागारबाट रिहा भएपछि केही समयदेखि राजनीतिबाट निष्क्रिय थिए । संचारउद्यमी अरुण कुमार सिंघानिया हत्या आरोपमा यादव पक्राउ परेका थिए । धनुषा जिल्ला अदालतबाट रिहा भएदेखि उनी कुनै दलतर्पm लागेका थिएन् । मंसिर ४ मा हुन लागेको आमचुनावको मुखमा उनी नेकपा एस प्रवेश गरेका हुन् । उनको प्रवेशसँगै नेकपा एसका उम्मेदवार रामचन्द्र झाको वडा नं. १८ मा जनआधार वृद्धि भएको दावी गरिएको छ ।

सम्बन्धित खवर