जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट घुससहित एक वरिष्ठ प्रहरी नायव निरीक्षकलाई पक्राउ गरेको छ ।
धनुषाको सीमावर्ती पालिका नगराइन नगरपालिका–२ को जटहीस्थित एक रक्सी पसलबाट वरिष्ठ प्रहरी नायव निरीक्षकलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो । धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक देवकीलाल चौधरीलाई चार हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान आयोग बर्दिबास सम्पर्क कार्यालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट गोप्य सूचनाको आधारमा खटेको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियारको टोलीले चौधरीलाई नगराईन नगरपालिका २ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट नियन्त्रणमा लिएको आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिए । उनका अनुसार जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) चौधरीलाई बिहीबार साँझ रंगेहात पक्राउ परेका हुन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech