राजविराज । सप्तरी जिल्लाको राजविराजस्थित उच्च अदालत अगाडि न्यायको लागि एक दम्पत्ति आमरन अनसन बसेका छन् ।
अंश मुद्दामा लामो समयदेखि न्याय नपाएको भन्दै स्थानीय एक दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडी आमरन अनसनमा बसेका हुन् ।
राजविराज नगरपालिका वडा नं. ४ निवासी दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह अदालतको मूल गेट अगाडी बिहीबार बिहान १० बजेदेखी दोश्रो पटक आमरण अनसनमा बसेका हुन् ।
सप्तरी जिल्ला अदालतबाट वादी दिनेश प्रसाद साह बिरुद्ध उनका दाजु उमेश प्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४÷४ धुर जग्गा हुने गरि फैसला भएपनि सो फैसला अझै कार्यान्वयन हुन नसकेको दिनेशको भनाई छ ।
जिल्ला अदालतले गरेको पैmसला विरुद्ध उनका दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिए पछी पैmसला कार्यान्वयन प्रक्रिया लम्बीएको हो ।
यस अघि गत असोज ६ गते पहिलो पटक आमरन अनसनमा बसेका साह दम्पत्तिलाई उच्च अदालतका न्यायाधिशहरुले आउँदो कात्तिक २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनसन तोडिएको साह दम्पत्तिले जानकारी दिए ।
उच्च अदालत जनकपुर राजविराज इजलाशका उपरजिष्टार उज्वल न्यौपानेले अदालतमा मुद्दाको चाप बढिरहेको र फौजदारी मुद्दालाई प्राथमिकतामा राखेर पैmसला गर्नू पर्ने हुँदा साह दम्पतिका विषयमा प्रक्रिया अनुसार पालो आएपछि न्याय निरुपण हुने बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech