सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाका मतदाताले ‘नो रोड, नो भोट’ भन्दै चक्काजाम गरेका छन् । कौडेना बजारमा बिहीबार स्थानीयले पूर्व–पश्चिम हुलाकी सडकमा चक्काजाम गरेका छन् ।
वर्षौदेखि अलपत्र छाडिएको सडकमा हिउँदयाम सुरु भएसँगै अत्यधिक धूलो उडेर प्रभावित हुन थालेपछि स्थानीयवासीले तत्काल सडक कालोपत्रे गर्न माग राखेर चक्काजाम गरेका हुन् । बिहानैदेखि सुरु भएको चक्काजाम भने दिउँसो १ बजेपछि मात्रै खुला भएको थियो ।
युवाहरुको नेतृत्वमा भइरहेको चक्काजाममा ‘नो रोड, नो भोट’ को नारा लगाइएको थियो । शिर्ष नेताहरुबाट कयौँ पटक आश्वासन पाए पनि हुलाकी सडक कालोपत्रे नहुँदा हिउँदका महिनामा धूलो र बर्खा लागेपछि हिलोको समस्या झेल्नु परिरहेको स्थानीयको गुनासो छ ।
सडक बन्द गरिएको क्षेत्रबाट मङ्सिर ४ को निर्वाचनमा पूर्वमन्त्री द्वोय राजेन्द्र महतो र महिन्द्रराय यादव चुनावी मैदानमा छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech