जनकपुरधाम । धनुषा–४(क) को जनकपुरधाम उपमहानगरपालिका–१३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले बिहीबार चुनावीसभा र पार्टी प्रवेश कार्यक्रम गरेका छन् । जनकपुरधाम–१३ मा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका कार्यकर्ताहरु बिधिवतरुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई धनुषा–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र (क) का प्रदेशसभा सदस्य उम्मेदवार शेषनारायण यादवले पार्टीमा स्वागत गरेका छन् । नेकपा एमालेका पूर्व सदस्य राजकिशोर राउतको नेतृत्वमा सयौ कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई गमछा ओढाएर उम्मेदवारद्वयले पार्टीमा स्वागत गरेका थिए । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायण यादवले जनकपुरधाम–१३ पिडारीमा घरदैलो कार्यक्रम समेत गरेका छन् । सो अवसरमा कांगे्रेसका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर