जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरमा रहेको एउटा विद्यालय हो, श्रीदलित प्राथमिक विद्यालय । विद्यालयको मुख्यद्वारबाट छिर्ने बितिकै दायाँपट्टी फूलवारी बनाउन लागिएको छ । बायाँपट्टी दुई वटा सेड(जस्ताको छानो भएको कोठा) अनि अलि पर एउटा चिटिक्क परेको नयाँ भवन भर्खरै बनेको छ । केही दिन अघि मात्र निर्माण पूरा भएको यो भवन पूर्ण रुपले प्रयोगमा आइसकेको छैन् ।

२०६६ सालमा स्थापना भएको यस विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थी दलित समुदायका रहँदै आएका छन् । कक्षा ३ सम्म पढाई हुने भएकाले स–साना बालबालिका मात्र विद्यालयमा देखिन्छन् । शुरुका दिनमा गाउँमा विद्यालय नहुँदा ढोलबजासम्म पुग्न टाढा हुने भएकोले स्थानीय देवनारायण महतोले दान गरेको जग्गामा विद्यालय संचालन गरिएको छ ।

अहिलेको विद्यालय भएको ठाउँमा त्यो बेला खेत थियो । त्यही खेतमा बिद्यालय निर्माण गरेर २०६६ सालदेखि पठनपाठन थालिएको हो ।

विद्यालय नहुँदा दलित समुदायका अधिकांश बालबालिका घरमै थिए ।

स्थानीयको पहलकदमीपछि देवनारायण महतोले उपलब्ध गराएको जग्गामा तत्कालीन जिल्ला शिक्षा कार्यालयले सेड निर्माण गरिदिएपछि पठनपाठन व्यवस्थित बन्दै गएको हो । नेपाल शिक्षक संघ धनुषाका तत्कालीन धनुषा अध्यक्ष मेघनाथ यादवको पहलमा पनि त्याहाँ कक्षाकोठा निर्माण गरिएको थियो ।

३०–३५ जना बालबालिकाबाट सुरु भएको विद्यालयमा हाल १ सय ६५ जना बालबािलका अध्ययनरत्त छन् । ती मध्ये अधिकांश दलित समुदायका हुन् । विद्यालय पढ्न आउने बालबालिका अधिकांश मुसहर समुदायको रहेका प्रधानाध्यापक सावित्रि कुमारी महतोले बताइन् । बालविकास सहयोगीमा नियुक्त भएकी सावित्रि हाल विद्यालयका प्रअ हुन् । उनले विद्यालयको प्रशासनिक कार्य आपैmले र समस्या भएका नीजि श्रोतमा कार्यरत्त अशोक कुमार महतोले सहयोग लिने गरेका छन् । तीन जना बालविकाससहित पाँच जना शिक्षक कार्यरत्त ती विद्यालयमा अध्ययरत्त बालबालिकालाई पठनपाठन गराउँदै आएका छन् । दलित बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन प्रयासरत्त ती विद्यालयलाई आसमान नेपालले पनि बेला बेला सहयोग गरेको छ ।

नर्वेजियन दूताबासको सहयोगमा आसमान नेपालले संचालन गरेको निक शिक्षा दिअ परियोजना अन्तर्गत विद्यालयमा बालबालिकाको लागि शैक्षिक, खेलकूद लगायतको सामग्री उपलब्ध गराएको प्रअ सावित्रिले सुनाइन् ।

 

यसरी बढ्यो विद्यार्थी

जिल्लाको कारोबारको नगरी समेत मानिएको सबैला नगरपालिका क्षेत्रफल र जनसंख्या आधारमा जनकपुरपछिको ठूलो पालिका हो । किरतपुर टोलमा अन्य जातजातिको बस्ती न्युन छन् । दलित बाहुल्यता रहेको ती टोलका बालबालिकालाई विद्यालय भर्ना गराउन आसमान नेपालले अभियान नै संचालन गरेको पालिका संयोजक परवेज आलमले बताए ।

शैक्षिक वर्षको सुरुवातमा संचालन गरिएको अभियान सम्झिदै पालिका संयोजक आलमले स्थानीयको उत्साहबाट प्रफुलित भएको बताए ।

स्थानीयको सहयोगले किरतपुर टोलमा बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराइएको उनले बताए ।

बालबालिकालाई भर्ना गराउँदै जाँदा ३० बाट बढेर अहिले १ सय ६५ जना पुगेको हो ।

उनीहरुको लागि विद्यालयमा दिवाखाजा, शौचालय, खानेपानी, बालविकासका बालबालिकाको लागि खेल सामग्रीको समेत व्यवस्थापन गरिएको शिक्षिका विणा कुमारी महतोले बताइन् ।

बालमैत्री, बालिका मैत्री र अपाङग मैत्री शौचालय बनाइएको छ । भवन तथा शौचालय निर्माणको फाइदा बिशेषगरी स–साना बालबालिका तथा अपाङ्गतालाई भएको छ ।

दलित बालबालिका बढी अध्ययन गर्ने यस विद्यालयमा छात्र भन्दा छात्रा बढी रहेका छन् । विद्यालयको आयश्रोत नै नभएको अवस्थामा आर्थिक अवस्था कमजोर भएका दलित बालबालिकाको पक्षमा पालिकाको सहयोग प्राप्त हुनुले बिद्यार्थीलाई सहज भएको प्रधानाध्यापक सावित्रि बताउँछन् ।

यसरी बढ्दै विद्यार्थी

विद्यालयमा प्रधानाध्यापक पनि महिला रहेकोले विद्यालय बनाउनको लागि कम्मर कसेर लागेकी छन् । विद्यालय अपाङग मैत्री, किशोरी मैत्री, अनि बालकका लागि छुट्टै शौचालयसँगै खानेपानीको व्यवस्थापन पनि भएको छ । विद्यालयमा सरसफाइको बारेमा सिकाइन्छ ।

 

सम्बन्धित खवर