जनकपुरधाम । नेपाली कांग्रेस धनुषाले जिल्लाको चार वटै क्षेत्रमा निर्वाचन परिचालन उपसमिति गठन गरेको छ ।

जिल्ला कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले क्षेत्र नं. १ मा साकिर राईनको संयोजकत्वमा सात सदस्य निर्वाचन परिचालन उपसमिति गठन गरेको छ । उपसमितिका सदस्यहरुमा बाजकिशोर सिंह, रामउदय यादव, उमेश साह, अशोक चौधरी, अशेश्वर महतो र ललिता साह रहेका छन् । यस्तै क्षेत्र नं. २ मा लक्ष्मी नारायण यादवको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन उपसमिति गठन गरिएको हो । उपसमितिका सदस्यहरुमा देवेन्द्र कुमार भडखेर, सुधिर गोइत, अशोक कुमार यादव, मो. नुरुल राईन, रामभगत यादव, फगु यादव, उमेश मण्डल र अजिता पासवान रहेका छन् । यस्तै क्षेत्र नं. ३ मा गणेश झाको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन उपसमिति गठन गरिएको जिल्ला सचिव कन्हैया कुमार कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उपसमिति सदस्यहरुमा शिवजी राय, प्रमोद कुमार यादव, बजरंग प्रसाद साह, निलम कर्ण, रामपुकार यादव, वंजु साह, श्रृजना भगत र कन्हैया कुमार कर्ण रहेका छन् । यस्तै क्षेत्र नं. ४ मा राजलाल महतोको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन उपसमिति गठन गरिएको हो । उपसमितिका सदस्यहरुमा विजय यादव, शम्भु यादव, निर्मला कोइराला, सुरेश लामा, गंगा महतो, टीका कार्की, रामचन्द्र साह, श्यामबाबु यादव, रामविलाश धनकार र सुशिला महतो रहेका छन् ।

सम्बन्धित खवर