जनकपुरधाम । आफूलाई घुमुवा प्रहरी भन्दै स्थानीयको पैसा खोसेर भाग्ने एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमला नगरपालिका –२ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेको प्रहरीले जनाएको छ । उनीसँगै रहेका अर्का एक व्यक्ति भने फरार रहेका छन् । उनको पनि खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका – ३ चिकनास्थित ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा जनकपुरधाम २४ सोनापराका सुरज मण्डल, सुमित कुमार राम र विदेह नगरपालिका – ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी भन्दै धाक लगाएर ४ हजार रुपैयाँ खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ ।

अमरेशले चलाएको ज १० प ३७०५ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।

 

सम्बन्धित खवर