जनकपुरधाम । सप्तरीको सुरुङ्गा नगरपालिका–३ बालमैत्री वडा घोषणा भएको छ । राष्ट्रिय बाल दिवस २०८० को अवसर पारेर शुक्रबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले बालमैत्री घोषणा गरेका हुन् ।

सुरुङ्गा नगरपालिका–३ का वडाध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक किरण पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री न्यौपानेले बालमैत्री स्थानीयशासनको सूचकहरु पुरा गरी बालमैत्री घोषण गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गरे ।

 

बलमैत्री स्थानीयशासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकाँश सूचक पुरा गरेर बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक पोखरेलले बताए । अध्यक्ष पोख्रेलका अनुसार बालमैत्री वडा निर्माणको सूचक तथा मापदण्डहरु पूरा गर्दै बालबालिकाको अधिकार स्थानीयनीति, नियम, कार्यक्रम र बजेट समावेश गरिएको छ ।

यो वडा बालमैत्री वडा घोषणासँगै यो वडा जिल्लाकै दोस्रो नगरपालिकाको पहिलो बालमैत्री वडा बनेको छ । यस अघि सप्तरी जिल्लाको कञ्चनपुर नगरपालिका मधेश प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गर्ने नगर भइसकेको छ ।

संघीय सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक र सुरुङ्गानगरपालिकाले थप गरेको २ गरी ५३ सूचकहरुमध्ये अधिकाँश सूचक पुरा गरेसँगै वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । निर्देशिकाको अनुसूची ३ माबालमैत्री स्थानीयशासनका ५१ सूचकहरु छन् । तोकिएको सुचकहरुमध्ये ८० प्रतिशत भन्दा बढि अंकहासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सिकने निर्देशिकामा उल्लेख छ ।

घोषणा सभामा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सुरुगा नगर पालिकाका उपप्रमुख रुद्र बहादुर कार्की, निवर्तमान नगर प्रमुख मुक्तिनाथ चौधरी, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नारायण शर्मा, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, प्रहरी, महिला समूहका प्रतिनिधिहरु, जिल्लाबाल सञ्जाल सप्तरीका अध्यक्ष सल्मा खातुन, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजेवीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

सुरुङ्गानगरपालिका यसअघि नै प्रदेशकै पहिला बालविवाह मुक्त स्थानीय तह घोषणा भइसकेको छ ।

 

सम्बन्धित खवर