जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाका सुत्केरी, गर्भवती, अपांग, एकल र विपन्न महिलालाई सरसफाई, स्वच्छता तथा पोषण सामग्री वितरण गरिएको छ ।
नगर उपप्रमुख सुनिता सिंहले उनीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच सो सामग्री वितरण गरेकी हुन् ।
द लुथरेन वल्र्ड फेडरेशन(एलडब्लुएफ)को सहयोगमा आसमान नेपालले समुदाय सशक्तिकरण तथा विकासका लागि स्थानीय प्रयास परियोजना अन्तर्गत ती पालिकाका ४५ जना महिलाहरुलाई सरसफाई, स्वच्छता तथा पोषण सामग्री वितरण गरिएको हो । शहीदनगर नगरपालिकाको श्री राष्ट्रिय आधारभूत विद्यालय यदुकोहामा आयोजित कार्यक्रममा हाइजेनिक किट, डिग्निटिक किट र पोषण सामग्री वितरण गरिएको हो ।
दीगो विकास राष्ट्रिय प्रतिबद्धता, लक्ष्य प्राप्तीमा संघसंस्थाको सहभागीता नारासहित ४४औं सामाजिक सेवा दिवसको अवसर पारेर पोषणतर्पm आधा किलो घ्यू, एक किलो ग्लुकोज, साबुन, पेष्ट, ब्रस, तौलिया, नेलकटर, स्यानेटरी प्याडसहितको सामग्री हस्तान्तरण गरिएको आसमान नेपालका सामाजिक परिचालक ममता यादवले बताइन् । सो अवसरमा शहीदनगर नगरपालिकाका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादव, रितु तिवारी, संजिव सिंह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर