जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–३ का सबिता महराको दिनचर्या फेरिएको छ । बिहानदेखि अबेरसाँझसम्म किराना पसल संचालन गर्नुका साथै गृहिणीको भूमिका समेत निर्वाह गर्नुपदा उनको दिनचर्या फेरिएको हो । आप्mनै घर नजिक गत वर्ष किराना पसल संचालन गरेकी उनी अहिले मासिक १० हजारसम्म आम्दानी गरिरहेकी छन् । सुरुका दिनमा पसल चल्ने÷नचल्नेमा सशंकित उनी अहिले भने विश्वस्त देखिन्छन् । अनुहारमा गजबको आत्मविश्वास देखिएको उनी आप्mनो आम्दानीबाटै घरपरिवार चलाउन सक्ने हिम्मत देखाउँछिन् । कुनै बेला चुल्होचौकोमा सीमित सबिता अहिले भने अन्य महिलालाई सामाजिक बन्धनबाट बाहिर निक्लेर आप्mनो जीवन आपैmले बनाउनुपर्ने सुझाव दिइन् । बालविवाह न्युनिकरण परियोजना अन्तर्गते पसल संचालन गर्दा आसमान नेपालबाट ५६ हजार रुपैयाँ आर्थिक सहयोग पाएको सबिता सम्झिन् । बालविवाहको शिकार भएकी महिलालाई जीवनमा आत्मनिर्भर कठिन रहेको स्वीकार गर्दै उनले गरेमा साध्य रहेको बताउँछिन् । बालविवाह महिलाको लागि अभिसाप रहेको भन्दै उनले अव भने समाजलाई यो कुरीतिबाट माथि उठाउनुपर्ने धारणा उनको छ । बालविवाहलाई समाजबाट अन्त्य गर्न सबै सचेत हुनुपर्ने आवश्यक्ता रहेको उनले बताइन् । उनीजस्तै शहीदनगर नगरपालिका–७ ताराटोलकी कंचन कुमारी साहलाई पनि श्रृंगार व्यवसाय संचालन गर्न सो परियोजना अन्तर्गत ५६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको आसमान नेपालका फिल्ड सुपरभाइजर महेश कुमार यादवले बताए । प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत सबिता र कंचन जस्तै पाँच जना युवा महिलाहरुले व्यवसाय संचालन गरेर आत्मनिर्भर बनेकी छन् । कंचनले श्रृंगार व्यवसायबाट मासिक १६ हजार आम्दानी गरिरहेकी छन् । बालबालिकाको पढाई खर्च धान्न उनलाई अभिभावककहाँ हात पैmलाउनुपरेको छैन् । बालबालिकाको पढाईसँगै उसको पोशाक लगायत अन्य खर्च पनि उनले आपैm व्यवस्थापन गरेकी छन् । इच्छाशक्ति भएमा असम्भव केही नरहेको उनको अनुभव छ । आसमान नेपालले आत्मनिर्भर सम्बन्धी, व्यवसाय, स्वरोजगार, आर्थिक व्यवस्थापन सम्बन्धी तालिम दिएर सबिता, कंचनजस्तै शहीद नगरपालिकाका २५ जना महिलालाई व्यवसाय गर्न प्रोत्साहित गरेको छ । ‘पहिला हातमा केही पनि जानकारी थिएन अहिले व्यवसाय व्यवस्थापन गर्न जान्ने भएका छौँ”, शहीदनगर नगरपालिका वडा नं– ७ ताराटोलकी कंचनले भनिन्, श्रृंगारको सामानप्रति महिला ग्राहकहरु आकर्षित हुन्छ । घरको कामबाहेक खाली समयमा सामान पनि बेच्ने गरेका उनले सुनाईन् । बालविवाह न्युनिकरण परियोजना अन्तर्गत शहीदनगर नगरपालिकामा संचालित कार्यक्रमहरुको शुक्रबार यदुकोहामा समीक्षा गरिएको छ । नगर उपप्रमुख सुनिता सिंहको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा जनप्रतिनिधिहरुले परियोजनाको प्रभाव देखिएकोमा हर्षित थिए । आर्थिक रुपले विपन्न परिवारलाई यो परियोजनाले आयस्तर उकास्न सहयोग गरेको जनप्रतिनिधिहरुले बताए । शहीदनगर नगरपालिका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले पनि महिलालाई अगाडि ल्याउन भइरहेको सार्थक प्रयासलाई सकारात्मक बताए । सो अवसरमा नगर उपप्रमुख सिंहले सामाजिक विकासमा यस प्रकारको परियोजना महत्वपूर्ण साबित भएको बताइन् । बलविवाहका कारण समाजमा महिलाले भोेगेको पिडालाई यसको नियन्त्रण गरेर मात्र कम गर्न सकिने भन्दै उनले अरु पनि बालविवाहको शिकार हुनु नपरोस् भने अभिप्रायले अभियान अघि बढाउनुपर्नेमा जोड दिइन् । सो अवसरमा शहीदनगर नगरपालिकाका वडाध्यक्षहरु तेजीलाल यादव, सत्येन्द्र चोरवार, मनोज दास, रमेश मुखिया, सुरेश कापर, उमेश निराला, महेश्वर मण्डल, कलादेवी दास, शिवु खेखार लगायत कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको उपस्थिति रहेको थियो । परियोजना अन्तर्गत व्यवसाय संचालन गर्नको लागि छनौटमा परेका १९ जना युवा महिलाहरुलाई विभिन्न तालिम उपलब्ध गराएर व्यवसाय संचालन गर्न आर्थिक सहयोग गरिने आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादवले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech