जनकपुरधाम । बारा जिल्लामा ६० वर्षीय वृद्धले ११ वर्षीया किशोरीलाई बलात्कार गरेका छन् । बलात्कार गरेको आरोपमा बारा जिल्ला निजगढ नगरपालिका वडा नं. १२ बस्ने ६० वर्षीय राना साईला भन्ने सोमबहादुर लुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा कोही नभएको मौका छोपेर बोल्न नसक्ने(अपांग) ११ वर्षीय किशोरीलाई शुक्रबार दिउँसो उनले बलात्कार गरेको प्रहरीको आशंका छ ।
प्रहरीले लुम्बालाई शंकाको आधारमा निजगढ वडा नं. ११ बस्ने निजका भिनाजु बोङ जेठाको घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
शुक्रबार दिउँसो ४ बजेतिर पीडित निजगढ न.पा.१२ की ११ वर्षीया किशोरीका आमा बाहिर काम गर्न गई घर आउने क्रममा उनी छट्पटाई रहेको पाइएको थियो ।
पीडितकी आमाले शुक्रबार राति अस्थायी प्रहरी पोष्ट रतनपुरमा खबर गरेपछि प्रहरी निरीक्षकको कमाण्डमा खटिगएको टोलीले लुम्बालाई नियन्त्रणमा लिएको थियो ।
६० वर्षीय लुम्बा घरमा बेला बेलामा आउने भएको कारण उनलाई शंका लागेकोले नियन्त्रणमा लिएको प्रहरीको तर्क छ ।
पीडित बालिकालाई उपचारको लागी प्रादेशिक अस्पताल कलैया बारा पठाईएकोमा थप उपचारको लागी नारायणी अस्पताल बीरगंज पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर