जनकपुरधाम । सर्लाहीमा क्रियाशिल प्रमुख ६ राजनीतिक दलले सबै एकजुट भई सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता कायम गर्न सामूहिक अपील गरेका छन् ।
सर्लाही जिल्ला नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) , नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले मंगलबार संयुक्त अपील जारी गर्दै संयमित भएर सामाजिक सञ्जालको प्रयोग गर्न, उत्तेजित पार्ने, सामाजिक सद्भाव भड्किने किसिमको क्रियाकलाप नगर्न, नगराउन अनुरोध गरेका छन् । विगत केही समयदेखि जिल्लाको सदरमुकाम मलंगवा र आसपासका क्षेत्रहरुमा भइरहेको सामाजिक सद्भाव खबल्याउने किसिमको गतिविधिले एकदमै चिन्तित तुल्याएको सामूहिक अपीलमा भनिएको छ । कांग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, एमाले जिल्ला अध्यक्ष राजनारायण साह, माओवादी केन्द्रका जिल्ला इन्चार्ज अच्युतम प्रसाद काप्mले, जसपाका जिल्ला अध्यक्ष वीरेन्द्र कुमार राय, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष सुरेन्द्र लामा र लोसपाका जिल्ला अध्यक्ष रामप्रसाद रायले हस्ताक्षर गरेको संयुक्त अपीलमा उत्तेजित एवम् अराजक गतिविधिले धार्मिक जातीय आदि हिंसा भडकाई आप्mनो दुनो सोभ्mयाउने केही व्यक्ति बाहेक तपाई हामी सामाजिक मुल्य मान्यतामा चल्ने, अन्य धर्म, सम्प्रदाय, आस्थाको सम्मान गर्नेलाई कहिले राम्रो गर्दैन भनि उल्लेख गरिएको छ ।
यसअघि सर्लाहीको अवस्था सामान्य बनाउन स्थानीय प्रशासनले सोमबार दिउँसो ४ बजेदेखि कर्प्mयू खुकुलो पारिएको छ । राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्प्mयू आदेश जारी रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
बिहान ४ बजेदेखि राति ८ बजेसम्म कपर््mयू हटाइएको छ । गएको सातादेखि सर्लाहीमा दुई समुदायबीच जातीय हिंसा भड्केपछि कर्प्mयू आदेश जारी गरिएको थियो । कर्प्mयू हटाएपछि सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड लागेको छ । बजारमा समेत चहलपहल बढेको छ । अवस्था सामान्य बन्दै गएपनि मलंगवामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले दिउँसोको कर्प्mयू हटेपनि कुनै प्रकारको भेला, जुलुश र प्रदर्शन गर्न तथा पर्चा, पोष्टरजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको बताए ।
लालबन्दीमा सद्भाव र्याली
जनकपुरधाम । सर्लाहीको सदरमुकाममा सामाजिक सद्भाव खलबलिएपछि लालबन्दीमा मंगलबार साँझ सद्भाव र्याली निकालिएको छ ।
जिल्लाको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा केही दिनदेखि सामाजिक सद्भावमा आंच पुग्ने गरी भइरहेको गतिविधिलाई लक्षित गरी नेकपा एमाले लालबन्दी नगर कमिटीले सद्भाव र्याली निकालेको हो ।
हिन्दु–मुस्लिम भाईभाई, कोही छैन पराई भन्ने नारासहित मंगलबार साँझ सद्भाव र्याली निकालिएको एमाले लालबन्दी नगर कमिटीका सचिव शिवहरि गौतमले जानकारी दिए ।
यसअघि वीरगंज महानगरपालिकाको अगुवाईमा वीरगञ्जमा सद्भाव र्याली निकालिएको थियो ।

सम्बन्धित खवर