बर्दिबास । महोतरीमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागि हुने खेलाडी छनोट गरेको छ । नेपाल भलिबल संघको आयोजना र कर्णली प्रदेश भलिबलसंगको व्यवस्थापनमा सुर्खेतको बिरेन्द्रनगरमा २०८० पौष २० गते देखि आयोजना हुने ३४ औ राष्ट्रिय पुरुष भलिबलकालागि बिहिबार महोतरीमा खेलाडी छनौट गरिएको हो ।
बिरेन्द्रनगरमा हुने खेलको लागि मधेश प्रदेशबाट सहभागि हुने खेलाडीहरुको छनौटकालागि महोतरीबाट पठाउने खेलाडीहरु छानिएको जिल्ला भलिबल संघ महोतरीका अध्यक्ष रामकरण चौधरीले बताए । मधेश प्रदेश भलिबल संघले मंसिर २९ र ३० गते प्रदेशको खेलाडी छनौट गर्ने चौधरी बताए । जल्लाबाट छानिएको खेलाडीहरु प्रदेशको टोलीमा पर्न प्रतिस्पर्धा गर्नेछन् ।
महोतरीबाट गौशाला नगरपालिकाबाट सुरज सिंह, बर्दिबास नगरपालिकाबाट राजा राइन, औरही नगरपालिकाबाट विशाल यादव, भंगहा नगरपालिकाबाट पुनित राउत, नितेश सिंह, रामकुमार शर्मा, राज सिंह, बलिराम साह, धिरेन्द्र सिंह, पाण्डव चौधरी, सतेन्द्र चौधरी र अमन चौधरी छनौट भएका छन् । वैकल्पिकमा सुमन चौधरी र अभिनन्दन सिंहलाई छनौट गरिएको जिल्ला भलिबल संघ महोतरीका अध्यक्ष चौधरीले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech