जनकपुरधाम । संयुक्त राजनीतिक दलित संघर्ष समिति, मधेश प्रदेशले दलित सशक्तीकरण ऐन प्रभावकारी रुपमा कार्यान्वयन गराउन पहल गर्ने निर्णय गरेको छ । समितिको बुधबार जनकपुरधाममा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघर्ष समितिका संयोजक रामो महराको संयोजकत्वमा बसेको बैठकमा विभिन्न निर्णयहरु भएको छ । दलित घटना उपर राज्यलाई जिम्मेवार बनाउन पहल, प्रत्येक जिल्लामा संगठन बिस्तार, सामाजिक क्षेत्रमा कार्यरत संघ संस्थाहरु सङ्ग सम्न्व्य, मौजुदा अवस्थामा सदनमा रहेका एन कानून उपर दलित मैत्री सुझाव पेश गर्ने लगायतका निर्णयहरु पारित भएको छ । बैठकमा समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech