जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा सोमबारदेखि तीन दिने सूचना, संचार तथा प्रविधि (Information Communication &Technology) सम्बन्धी तालिम सुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको जीएसएस(गर्लस् स्टैण्डिङ स्ट्रोङ्ग) परियोजना अन्तर्गत शहीदनगर नगरपालिका र कमला नगरपालिकाका शिक्षा प्रमुख, प्रधानाध्यापक र शिक्षकहरुको लागि तालिम आयोजना गरिएको हो ।
सहभागीहरुलाई सूचना प्रविधिबारे प्रशिक्षक पदमराज पन्तले प्रशिक्षण दिइरहेका छन् । सामुदायिक विद्यालयहरुमा कार्यरत्त प्रअ, शिक्षकहरु अभैm सूचना, संचार तथा प्रविधिमा पहुँच बढाउने उद्येश्यले तालिमको आयोजना गरिएको हो । पुस २ गतेसम्म संचालन हुने तालिममा शिक्षकहरुलाई इन्टरनेट इमेल, अनलाइन बैठक, कार्यालयको कामकाजलाई प्रविधिमैत्री बनाउने सम्बन्धी तालिम दिइने आसमान नेपालका विजय कुमार सदायले बताए ।
सूचना प्रविधिको प्रयोग बढ्दो अवस्थामा रहेपनि सामुदायिक विद्यालयमा अभैm यसको पहुँचको अभाव छ ।
यस प्रकारको तालिमले विद्यालयलाई सूचना प्रविधिसित जोड्न सहज हुने कमला नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित कुमार जयसवालले बताए ।
सूचना प्रविधिको प्रयोगमार्फत प्राप्त हुने अन्य लाभका अतिरिक्त यो प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभूत गर्नुका साथै बढी सूचना प्रविधि र सूचना प्रविधिमा आधारित कार्यहरु अघि बढाउन सकिने श्री जवि प्राथमिक विद्यालयका प्रअ धर्मनाथ यादवले बताए । तालिममा दुवै पालिकाका १५ विद्यालयका ३० जना प्रअ, शिक्षकहरुको सहभागिता रहेको छ ।

सम्बन्धित खवर