राजविराज । सप्तरीमा संचालित पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजनाको सिकाई आदानप्रदान र संवाद कार्यक्रम बिहीबार सम्पन्न भएको छ । विश्व खाद्य कार्यक्रम(वल्र्ड पूmड प्रोग्राम) र जर्मन ह्युम्यानिटेरियन असिस्टेन्सको सहयोगमा आसमान नेपालले आयोजना गरेको कार्यक्रममा सरोकारबालाहरुले बाढीबाट हुने समस्या र यसको समाधानबारे चर्चा गरेका छन् । कार्यक्रममा सप्तरी जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले बाढीका कारण सप्तरी जिल्ला नराम्ररी प्रभावित हुने गरेको जिकिर गर्दै यसबाट हुने मानवीय र सम्पत्तिको क्षति न्युनिकरण गर्न समयमै सरोकारबालाहरुले ध्यानदिनुपर्नेमा जोड दिए । बाढीका कारण वर्षेनी कयौ व्यक्तिले अकालमै ज्यान गुमाउनुपरेको स्मरण गर्दै यस प्रकारको क्षति भविष्यमा हुन नदिन जिल्ला र पालिकास्थित विपद् व्यवस्थापन समिति तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए । उनले बाढीका कारण विग्हौ खेतीयोग्य जग्गामा लगाइएको बाली क्षति हुने गरेको बताए । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका र छिनमस्ता गाउँपालिकाका बासिन्दा बाढीका कारण प्रभावित हुने गरेको छ । कृषि प्रधान देश मधेशको उत्पादनले बनाएको स्मरण गर्दै अहिले मधेशकै भकारी रित्तिदै गएको छ । मधेशको भकारीमा धान भरिए सिंगो देशको अन्नको समस्या समाधान हुने तर्क प्रमुख साहले गरे । यसका लागि तीनै तहको सरकारले ठोस रणनीति बनाएर बाढीबाट कृषि क्षेत्रमा हुने गरेको क्षतिबाट जोगाउनुपर्नेमा उनले जोड दिए । सो अवसरमा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीले बाढी पालिकाको लागि ठूलो चुनौती रहेको बताउँदै यसको समाधान खोज्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए । उनले बाढीका कारण वर्षेनी पालिकामा ठूलो परिमाणमा जनधनको क्षति हुने गरेकाले यसतर्पm आवश्यक सचेतना अपनाउनुपर्नेमा जोड दिए । छिनमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले विपद् व्यवस्थापनलाई चुनौतीको रुपमा लिएर अघि बढनुपर्नेमा जोड दिए । विपद् पूर्व जानकारी दिएर आउँदैन्, उनले भने–यसको सामना गर्न प्रत्येक नागरिक तयार हुनुपर्छ । यसको लागि स्थानीय स्तरमा गरिएको जनचेतनामूलक कार्यक्रम, अभ्यास लगायतको कार्यक्रमले आमनागरिकलाई सचेत हुन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । तीन वटै पालिकाका स्थानीय आपातकालीन संचालन केन्द्र, जिल्ला आपातकालीन संचालन केन्द्रका प्रतिनिधिहरुलाई बाढीबाट हुन सक्ने जनधनको क्षति न्युनिकरणबारे आवश्यक तालिमको व्यवस्थापन गरिएको छ । कृत्रिम घटना अभ्यास, विद्यालय अभिमुखिकरण लगायतको कार्यक्रममार्पmत ती पालिकाबासीलाई सचेत गरिएको कार्यक्रम प्रबन्धक अशोक कुमार यादवले बताए । तीन वटै पालिकाका एक हजार तीन सय २६ जना महिलासहित दुई हजार सात सय ७९ जना लाभान्वित भएको कार्यक्रम प्रबन्धक यादवले जानकारी दिए । आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा वल्र्र्ड पूmड प्रोग्रामका मधेश प्रदेश संयोजक कृष्ण माझीले स्वागत मन्तय राखेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रामप्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता सिपलिया, छिनमस्ता गाउँपालिकाका उपाध्यक्ष रंजुदेवी यादव, डिभिजन वन अधिकृत हेमन्त प्रसाद साह, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत भिमराज बस्नेत, डिपार्टमेन्ट अफ हाइड्रोलोजी एण्ड मेट्रोलोजी धरानका प्रमुख रुद्रबहादुर परियार लगायत सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी बाल क्लवका पदाधिकारी लगायत सुरक्षानिकायको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech