जनकपुरधाम । हंसपुर नगरपालिकाका मेयर प्रदिप यादव विरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् । हंसपुर नगरपालिकाका पूर्व मेयरसमेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का नेता रामज्ञान मण्डलको नेतृत्वमा गएका स्थानीयहरुले मेयर यादवविरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । केही दिन अघि मात्रै पालिकामा गत आर्थिक वर्षमा संचालित योजनाहरुमा अनियमितता भएको आरोप लगाउँदै कागजात माग गरेका थिए । मेयर यादवले ज्ञापन पत्र बुझेपनि हालसम्म माग सम्बोधनतर्फ चासो नलिएको आरोप नेता मण्डलले लगाए । भ्रष्टाचारी मेयर, जनताभन्दा बढी जान्ने, तानाशाह मेयर भन्दै प्रदर्शन गरेका थिए । मेयर यादवको कार्यशैलीप्रति असन्तुष्ट स्थानीयहरुले नगरपालिका कार्यालय घेराउ र विरोध प्रदर्शन गर्दै आएका छन् । मेयर यादव भने हाकिम सरुवा गराउनमै व्यस्त छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech